Sagun Khabar
बैतडीमा प्रारम्भिक  लेखाजोखा प्रणाली सम्बन्धि एक दिने तालिम सम्पन्न
Atrya hospital

बैतडी –बैतडीमा प्रारम्भिक दु्रत लेखाजोखा प्रणाली सम्बन्धि एक दिने तालिम सम्पन्न गरिएको छ । अमेरीकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले तालिमको आयोजना गरेको हो । विपद्को समयमा प्रभावितहरुको तथ्यांक कसरी छिटो भन्दा छिटो संकलन गर्ने भनेर सीप सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सह–लेखापाल दिनेशप्रसाद जोशीले बताए । 

तालिममा जिल्लाका स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, रेडक्रस उपशाखाका पदाधिकारी र शाखाका पदाधिकारी लगायत २३ जनाको सहभागिता रहेको थियो । तालिमले विपद् जोखिम न्यूनीकरणका लागि सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए । रेडक्रसले विपद् व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको भन्दै उनले दक्ष जनशक्ति उत्पादनमा पनि काम गरिरहेको बताए । 

यस्तै तालिममा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका उपमहासचिव तेजप्रकाश भट्टले तालिमले विपद्को समयमा तथ्यांक संकलनका लागि सहयोग पुर्याउने बताए ।  
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update