Sagun Khabar
बैतडीमा भोलिदेखि मतगणना शुरु हुने 

बैतडी–बैतडीमा भोलिदेखि मात्रै मतगणना शुरु हुने भएको छ । 

जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको र मतगणनास्थलमा सबै ठाउँका मतपेटिका ल्याइसकेपछि मतगणना कार्य शुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । 

जिल्लाका २ सय १५ ओटै मतदान केन्द्रबाट मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना कार्य शुरु हुने दयालले बताए । 

जिल्लाभरीका मतपेटिका आज रातभरीमै सदरमुकाम ल्याइसक्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । भोलि बिहान सर्वदलीय बैठक बसेपछि मतगणनाको काम शुरु हुने उनले बताए । 

जिल्ला अदालतको भवनमै मतगणनास्थल बनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update