Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु 

बैतडी–बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका–४ नुवाकोट,तडीबटाकी ३० बर्षीया भागरथी सार्कीको शुक्रबार भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष हरिदत्त पन्तले बताए । 

घर नजिकैको बीरापौड भन्ने भीरमा घाँस काट्न गएकी सार्कीको लडेर घटनास्थलमै मृत्यु भएको उनले बताए । उनी भीरबाट करीब ३ सय मिटर तल खसेकी थिइन् । 

मृतक सार्कीका दुई छोरा रहेका छन् । भागरथीको अकालमै मृत्यु भएपछि तडीबटा गाउँ शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update