बैतडीमा दिउँसो ३ बजेसम्म ३५ प्रतिशत मत खस्यो
बैतडी –बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा दिउँसो ३ बजेसम्म ३५.८२ प्रतिशत मत खसेको छ ।
जिल्लाका १ लाख ५६ हजार ३७२ मतदातामध्ये दिउँसो ३ बजेसम्म ५६ हजार पाँच जनाले मतदान गरिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।
दिउँसो ३ बजेसम्म ३० हजार ११६ महिला, २५ हजार ८८८ पुरुष र एक जना अन्य गरी जम्मा ५६ हजार ५ जनाले मतदान गरेका छन् ।
जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १५:४०
प्रतिक्रिया दिनुहोस्




