Sagun Khabar
बैतडीमा ९८ बर्षीया रमादेवी बडूद्वारा मतदान

बैतडी –बैतडीमा ९८ बर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका –७ सुर्कालकी ९८ बर्षीया रमादेवी बडूले केदारशीला आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेकी हुन् । लोकतन्त्रको रक्षाका लागि आफूले हरेक निर्वाचनमा मतदान गर्दै आएकी बडूले बताइन् ।

जिल्लामा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो १ बजेसम्म जिल्लाभरी ३७ हजार २४७ मत खसेको छ । जसमा १९ हजार १७३ महिला, १८ हजार ७३ पुरुष र १ अन्य मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए ।

यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update