Sagun Khabar
बैतडीमा शान्तिपूर्ण मतदान जारी, २८ हजार बढी मत खसे

बैतडी–बैतडीमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ बजेर १५ मिनेटसम्म २८ हजार १ सय ४१ मत मत खसेको छ । २ सय १५ ओटै केन्द्रमा १४ हजार ३४१ महिला, १३ हजार ७९९ पुरुष र १ अन्य गरी २८ हजार १ सय ४१ जना मतदाताले मतदान गरेका छन् । जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।

निर्वाचन सुरक्षाको भरपर्दो व्यवस्थापन गरिएकाले निर्धक्क भएर मतदान गर्न उनले आग्रह गरे । बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । प्रतिनिधि सभाका लागि एक क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update