Sagun Khabar
सुदूरपश्चिममा शनिबार थप ४६ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार थप ४६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ९२७ जनाको नमूना परीक्षण गर्दा थप ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो समयमा सुदूरपश्चिमका एकजनाको कोरोनाका कारण मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५० बर्षीय एकजनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update