Sagun Khabar
बैतडीमा शनिबार थप एकजनामा कोरोना पुष्टि, एकजना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –बैतडीमा शनिबार थप एकजनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिका १० का ४८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । त्यस्तै आज एकजना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १५ जना रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिकामा २ जना, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, सुुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

तत्कालका लागि जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् । 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update