Sagun Khabar
बैतडी : कांग्रेसको मेलौली नगरसभापतिमा तीन जनाको दाबी 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला अहिले बैतडीमा पालिका अधिवेशनका लागि नेता कार्यकर्ताहरुले तयारी गरिरहेका छन् । यही असोज ९ गते पालिका अधिवेशन हुने भएकाले पालिकाको अधिवेशनमा नेता कार्यकर्ताहरुको ध्यान केन्द्रित भएको छ । 

जिल्लाका १० ओटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्वका लागि आकांक्षीहरुले आफ्नो उम्मेद्वारी घोषणा गरिरहेका छन् । जिल्लाको मेलौली नगरपालिकाको सभापतिका लागि तीन जना आकांक्षी देखिएका छन् । 

Atrya hospital

वर्तमान सभापति नरेश बिष्ट, लोकराज भट्ट र परमानन्द भट्टले नगरसभापतिका लागि आकांक्षा देखाएको नेताहरुले बताएका छन् । संस्थापन पक्षबाट परमानन्द भट्ट र पौडेल समूहबाट नरेश बिष्ट र लोकराज भट्ट आकांक्षी रहेका बताइएको छ । तिनै जनाले आफूहरुले कांग्रेसको संगठन बलियो बनाउन उम्मेद्वारी घोषणा गरेको बताएका छन् । 

नेपाली कांग्रेसको संगठनलाई बलियो र चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेद्वारी रहेको सभापतिका उम्मेद्वार बिष्टले बताए । 

यस्तै अर्का उम्मेद्वार परमानन्द भट्टले पनि बलियो कांग्रेस बनाउन आफ्नो उम्मेद्वारी रहेको दाबी गरे । मेलौली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष समेत रहेका भट्टले निर्वाचन भएपनि आफूले सभापतिमा जित्ने दाबी गरे । 

यस्तै अर्का आकांक्षी लोकराज भट्टले पनि नेपाली कांग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । स्थानीय तहमा कांग्रेसको नेतृत्व सर्वसम्मत सम्भावना कम रहेकाले नेताहरुले आफ्नो उम्मेद्वारी घोषणा गर्न थालेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update