Sagun Khabar
बैतडीमा जिप दुर्घटना,चालकको मृत्यु 

बैतडी-  बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा गएराति जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका वडा न.२ बस्ने २६ वर्षीय जिप चालक केशवसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बछलाबाट बचरा तर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको बोलेरो जिप शुक्रबार राति करिब ११ बजेतिर अनियन्त्रीत भइ सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ ।  

घाइते धामीलाइ उद्धार गरी डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए । 

धामीको शब केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update