बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु
बैतडी- बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहले बताए ।
शुक्रबार दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिए पछि प्रहरीलाइ खबर गरेको र प्रहरीले अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको निरीक्षक सिंहले बताए ।
सदरमुकाम घर नजिक भएका निर्वाचन प्रहरी डिउटी सकेर घरमै खाना खान जाने गर्थे ।
शव जिल्ला अस्पताल बैतडीमा राखिएको र भोलिमात्रै पोस्टमार्टम गरिने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२ २१:२१
प्रतिक्रिया दिनुहोस्




