Sagun Khabar
बैतडीको दोगडाकेदारमा कक्षा ८ को परीक्षा चैत ४ गतेदेखि सञ्चालन हुने 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले आधारभूत तह कक्षा ८ को पालिकास्तरीय परीक्षा आगामी चैत ४ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाको आधारभूत शिक्षा परीक्षा समितिको निर्णय अनुसार आगामी चैत ४ देखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले बताए । 

परीक्षामा गाउँपालिका भित्र रहेका कक्षा ८का परीक्षार्थीहरु सहभागी हुनेछन् । 

Dogada-1771483922.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update