Sagun Khabar
बैतडीको मेलौली नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाउने 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन योजना बनाउने तयारी गरेको छ । नगरपालिकाभित्र हुन सक्ने सम्भावित विपद्का घटनाहरुबाट जोगिन र विपद्को समयमा प्रभावकारी रुपमा कार्य सञ्चालन गर्नका लागि विपद् व्यवस्थापन योजना बनाउने तयारी भएको नगर प्रमुख कृष्णसिंह नायकले जानकारी दिए । उनले भने ‘हामीले चालु आर्थिक बर्षभित्रै योजना बनाउने तयारी गरेका छौं । यसका लागि आवश्यक समन्वय सहकार्य भईरहेको छ ।’

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार नगरपालिकाको विपद् व्यवस्थापन योजना बनाउने उनले बताए । सो योजनामा संरक्षण क्षेत्र अन्तर्गत महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखिने नगर प्रमुख नायकले बताए । 

Atrya hospital

मेलौली नगरपालिकाको वडा नं ८ र ९ मा वडा स्तरीय विपद् व्यवस्थापन योजना बनाईसकिएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले सञ्चालन गरिरहेको पश्चिम विपद् पूर्व तयारी परियोजना अन्तर्गत ती दुई वडामा विपद् व्यवस्थापन योजना निर्माण गरिएको परियोजना संयोजक गोविन्द पन्तले जानकारी दिए । 

नगरपालिकाले चालु आर्थिक बर्षभित्रै विपद् व्यवस्थापन योजना बनाउने तयारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले बताए ।  यसका लागि विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्ने तयारी समेत भएको उपाध्यायले बताए ।  
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०८:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update