Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकामा कक्षा ५ र ८ को परीक्षा चैत ८ देखि सञ्चालन हुने 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले आधारभूत तह कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा आगामी चैत ८ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

आधारभूत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले नगरस्तरीय परीक्षा आगामी चैत ८ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । 

परीक्षा सञ्चालनका लागि १५ ओटा केन्द्र तोकिएका बताइएको छ । तोेकिएका केन्द्रमार्फत नगरस्तरीय आधारभूत परीक्षा सञ्चालन हुने शिक्षा शाखा प्रमुख भट्टले बताए । 

नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरेर ३४ ओटा विद्यालयका ६ सय २४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने बताइएको छ । 
dcm-Exam-1770980638.jpg
dcm-Exam-1-1770980667.jpg
dcm-Exam-2-1770980687.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update