Sagun Khabar
दशरथचन्द नगरपालिकामा असोज ३ र ४   गते सार्वजनिक बिदा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले असोज ३ र ४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

Atrya hospital

जात्राको अवसरमा असोज ३ र ४ गते नगर क्षेत्रमा बिदा दिइएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।  

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update