Sagun Khabar
बैतडीको सिगासका खडक बिष्ट मृत्यु प्रकरण : एक जना पक्राउ 

बैतडी–बैतडीको सिगास गाउँपालिका–१ दुदिलाखानका ३६ बर्षीय खडकबहादुर बिष्ट मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही ठाउँका ३६ बर्षीय पवन चन्दलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक निरीक्षक इन्द्रराज भट्टले जानकारी दिए । पक्राउ परेका चन्दमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । 

पक्राउ परेका चन्द मृतक बिष्टका बाल्यकालदेखिका साथी रहेका बताइएको छ । मृतकका आफन्तले बिष्टको हत्या भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् । 

आइतबार बजार जान्छु भनि हिँडेका बिष्ट सोमबार बिहान घर नजिकै मृत अवस्थामा फेला परेका थिए । घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो । 

मृतक बिष्टको शव पोष्टमार्टम पछि आफन्तले बुझिसकेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update