सुर्नयाको बिजुलमा एक घर पहिरोको जोखिममा
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–३ बिजुलमा एक घर पहिरोको जोखिममा परेको छ ।
लगातारको बर्षाका कारण घरमाथिबाट खसेको पहिरोले स्थानीय गणेशसिंह बिष्टको १२ कोठे घर पहिरोको जोखिममा परेको हो ।
बिष्टको नयाँ र पुरानो घर गरेर दुईओटा घर रहेका र दुवै घरको बीच भाग भएर माथिबाट पहिरो खसेकाले समस्या भएको स्थानीय राजेन्द्र बिष्टले बताए । घरमाथिको जमीनमा चिरा परेकाले पहिरोको जोखिम बढेको उनले बताए ।
घर पहिरोको जोखिममा परेपछि प्रहरी मुचुल्का बनाएर बिष्टले सरोकारवाला निकायहरुलाई पहिरो रोकथामका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३ ११:५८
प्रतिक्रिया दिनुहोस्




