Sagun Khabar
उदयदेव मावि पालिगडाको बार्षिकोत्सव सम्पन्न 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडास्थित उदयदेव माविको ४२ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष  गंगाराम  विकको अध्यक्षतामा भएको बार्षिकोत्सवमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । 

यस्तै बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहरा बिशिष्ट अतिथी रहेकी थिइन् । समारोहमा गाउँपालिकाका प्रवक्ता प्रताप महरा, वडा नं ३ का वडा अध्यक्ष शम्भुप्रसाद भट्ट, शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक बिरसिंह साउँदले विद्यालयको आर्थिक, शैक्षिक र भौतिक प्रतिवेदन पेश गरे । प्रधानाध्यापक साउँदले पेश गरेको प्रतिवेदनमा विद्यालयले खानेपानी, घेरबार, खेलमैदान लगायतको भौतिक समस्याको सामना गरिरहेको उल्लेख छ । 

वार्षिकोत्सवको अवसरमा विद्यालयले  वडास्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गरेको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीका साथै विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक साउँदले बताए । 

२०४१ सालमा स्थापना भएको उदयदेव मावि पालिगडामा अहिले कक्षा १० सम्मको पढाइ हुने गरेको छ भने करीब २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update