बैतडीको सिगासमा एक पुरुष मृत फेला
बैतडी–बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् ।
सिगास गाउँपालिका वडा नं १ दुदिलाखानका ३५ बर्षीय खडकबहादुर बिष्ट सोमबार बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनि निस्केका बिष्ट घरबाट करीब सय मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेका उनले बताए । बिष्टको शव फेला परेको बिषयमा प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी टोली गएको प्रहरी निरीक्षक सिंहले बताए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ ११:२३
प्रतिक्रिया दिनुहोस्




