बैतडी–आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका बैतडीका ११ जनामध्ये आजसम्म चार जनाले मात्रै बैंक खाता खोल्नका लागि सिफारिश लगेका छन् ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को (ख)मा उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर आम्दानी तथा खर्च गर्न पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर चुनावका बेला खर्च गर्न पाउने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए ।
अहिलेसम्म नेपाली कांग्रेस, रास्वपा, राप्रपा र जसपाका उम्मेदवारले मात्रै बैंक खाता खोल्न निर्वाचन कार्यालयबाट सिफारिश लगेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।
निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावको समयमा गर्ने आम्दानी र खर्च सोही बैंक खाताबाट गर्नुपर्र्ने हुन्छ । निर्वाचन सम्पन्न भएपछि आयोगलाई बुझाउने खर्च विवरण समेत सोही बैंक खाताका आधारमा बुझाउनुपर्ने दयालले बताए ।
उम्मेदवारले चुनावी प्रयोजनका लागि बैंक खाता खोल्नु अनिवार्य रहेको र यो बिषय सबै उम्मेदवारलाई जानकारी गराइसकेको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।




