Sagun Khabar
मेलौलीका बिद्यालय कर्मचारीको १दिने धर्ना
Atrya hospital

बैतडी–बैतडीको मेलौली नगरपालिका भित्रका बिद्यालय कर्मचारी र बालबिकास सहजकर्ताहरुले १दिने धर्ना कार्यक्रम सम्पन्न गरेकाछन् । तलव सुनिश्चतताको माग गर्दै गरिएको धर्ना कार्यक्रममा बिद्यालय कर्मचारी र इसिडि शिक्षकहरुको सहभागीता थियो ।

नेपाल सरकारले चालु आर्थिक बर्ष देखी लागु हुनेगरी बढाएको तलव पाउनुपर्ने माग गर्दै उनिहरु आन्दोलित भएको हाम्रा सम्बाददता अर्जुन कुवरले बताए । नगरपालिका संग आफ्ना माग बारे छलफल गर्न ९ सदस्यीय बार्ता टोली समेत बनाइएको उनले बताए । 

सरकारले चालु आर्थिक बर्ष देखी उनिहरुको तलव १५ हजार पु¥याउने भनेकोमा उक्त तलव नदिएको भन्दै बिभिन्न ठाउँका बिद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update