Sagun Khabar
बैतडीमा विद्युतीय हाइस दुर्घटना, चालकको मृत्यु 

बैतडी–बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–३ स्थित सिल्लेगडा–बडिया कच्ची सडकखण्डको घोडेधारनजिक शनिबार राति साढे ९ बजे सुप प्र ०२–००१ ज ०६२४ नम्बरको इभी हाइस दुर्घटनामा परेको हो । 

दुर्घटनामा उक्त हाइसका चालक दोगडाकेदार–५ का २५ बर्षीय मदन ठगुन्ना घाइते भएका थिए । घाइते ठगुन्नालाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । मृतकको शव डडेल्धुरा अस्पातलमा राखिएको छ । 

हाइसमा चालक मात्रै सवार रहेका बुझिएको छ । दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर  तल खसेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि बिहीबारमात्रै बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो भने ३७ जना घाइते भएका थिए । 
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update