Sagun Khabar
बेच्न तयार भएको बन्दा खेतमै कुहिन थाल्यो 

बैतडी–बैतडीको पाटन नगरपालिका वडा न. १० हतासका किसानले खेतमा लगाएको बन्दागोबी खेतमै कुहिन थालेको छ । स्थानिय कृषकहरुले करिब ५० रोपनी खेतमा लगाएको बन्दागोबी ले उचित बजार मुल्य नपाउदाँ बेच्नै छाडेपछि खेतैमा कुहिन थालेको हो । 


अरुबेला ४० रुपयाँ के.जि.मा बिक्रि हुने बन्दा अहिले ५देखी १० रुपया सम्म बेच्नुपर्दा समस्यामा परेको किसान धाना भट्टले बताए । आफ्नो करिव ५कुण्टल बन्दा खेतमै कुहिएको उनले बताए । 

Atrya hospital


मेहेनत गरेर खेतमा लगाएको बन्दा फलेपछि खेतमै कुहिएर नोक्सान भएको अर्का किसान लक्ष्मीदत्त भट्टले बताए । तरकारी खेतमै कुहिएकाले बिउ र मलखाद कै रकम समेत अशुल नभएको उनले बताए । 


आफ्नो गाउँमा कतैबाट राहत तथा अनुदान रकम नपाउने गरेको सिद्धसिगास कृषि सहकारी सस्ंथाका अध्यक्ष भिम प्रशाद भट्टले बताए । अन्य ठाउँका किसानले उन्नत बिउ, कृषि औजार तथा तालिम समेत पाउने गरेकोमा आफुहरुले कुनै निकायबाट यस्तो सहयोग नपाएको उनले बताए ।
अहिले पाटन नगरपालिका संग कृषकहरुलाई राहत प्रदान गर्न कुनै कार्यक्रम भने छैन् । राहतको कार्यक्रम नभएपनि केहि कार्यक्रममा कृषकलाई समाबेश गरिने नगर प्रबक्ता लोकबहादुर भण्डारीले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update