Sagun Khabar
एमाले दनपा ४ को कार्यकर्ता भेला सम्पन्न 
Atrya hospital

बैतडी–नेकपा एमाले बैतडीले आज दशरथचन्द नगरपालिका वडा ४ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यकर्ता भेलामा पार्टिको वडा कमिटि र अखिल नेपाल महिला संघको वडा कमिटि गठन गरिएको छ । 


जिल्ला पार्टि कार्यालय गढिमा भएको कार्यक्रममा प्रेम बोकटीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि बनाइएको छ भने, बसन्ती ठगुन्नाको अध्यक्षतामा २९ सदस्यीय अनेम संघ गठन गरिएको छ । 


जेष्ठ सदस्य मानध्वज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद लिलाधर भट्ट प्रमुख अतिथी रहेकाथिए । कार्यक्रममा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागीता कार्यालय सचिव सरस्वति नेपालिले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update