Sagun Khabar
बिद्यालयले निर्माण सामग्रीको पैषा नतिरेपछि उजुरी 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा न. २ सिउँडेमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय ग्वानिले मल्टीपल भवन बनाउदाँ निर्माण सामग्रीकोे पैषा नतिरेको भन्दै उजुरी परेको छ । 


निर्माण सामग्री बेच्ने २ जना स्थानिय ब्यापारिले आफ्नो पसलबाट सामान लगेको ८ लाख बढी रकम नतिरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका हुन् । 

उजुरी दिनेमा सुर्नया २कै स्थानिय ब्यापारि गणेश बिष्ट र नरेन्द्र बिष्ट रहेकाछन् । गणेशको ४ लाख ८३ हजार र नरेन्द्रको ४ लाख २ हजार रकम बिद्यालयले नतिरेको उजुरीमा उल्लेख गरिएको छ । पिडित गणेश बिष्टले भने ‘हामीले बिक्रि गरेको सामानको पैषा नपाएकाले हाम्रो पुजि रोकिदा ब्यवसाय ठप्प भयो । उजुरी गरेको पनि २० दिन पुगिसक्यो । प्रशासनले गाउँपालिकालाई चिठि लेख्यो । पालिकाले स्कुललाई रकम उपलब्ध गराउन चिठि लेख्यो । तर स्कूलले कुनै मतलव गरेको छैन् ।’

Atrya hospital

बिद्यालयको भवन गत आर्थिक बर्षको असार मसान्तमै निर्माण सम्पन्न गरि उधारो रकम तिर्नुपर्नेमा नतिरेको भन्दै उजुरी गरेका हुन् । 

बिद्यालयमा निर्माण भएको उक्त दुई तले मल्टीपल भवन निर्माणका लागी आएको रकम अपुग भएको हुदाँ उधारो रकम तिर्न बाकीँ रहेको बिद्यालय ब्यवस्थापन समिति सदस्य डम्बरसिंह बिष्टले बताए । उनले भने ‘ विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक राजेन्द्र बिष्ट र मलाई जिम्मेवारी दिएको थियो । तर मलाई आर्थिक अधिकार दिइएन् । काम गर्दा स्टीमेट भन्दा बढी खर्च भयो । त्यसैले निर्माणका लागी प्राप्त भएको पैषा नपुग्दा ब्यापारिहरुको पैषा तिर्न सकिएन् । अझैपनि श्रोत जुटाएर तिर्छौ ।’ 

उक्त भवनका लागी सुर्नया गाउँपालिकाबाट ३६ लाख रकम प्राप्त भएको तर भवनको जम्मा लागत ४८ लाख पुगेकाले ब्यापारिको पैषा तिर्न समस्या भएको बताए । 

इस्टीमेट भन्दा बढी रकम खर्च भएपनि काम अधुरो रहेकाले काम सम्पन्न गरेपछि श्रोत जुटाएर उधारो रकम तिर्ने बिद्यालय ब्यवस्थापन समितिले जनाएको छ । 

मल्टिपल भवन बनाउनका लागी बिद्यालय ब्यवस्थापन समितिले सदस्य बिष्ट र प्रधानाध्यापक राजेन्द्र बिष्टलाई लिखित जिम्मेवारी दिएको थियो । तर प्रधानाध्यापक बिष्टले भने आफुले जिम्मेवारी लिन नसक्ने भनी ब्यवस्थापन समितिलाई मौखिक जानकारी गराएको बताइएको छ ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष समेत रहेकी सुर्नया गाउँपालिका उपाध्यक्ष लिला बिष्टले गाउँपालिकाबाट श्रोत जुटाएर भएपनि उधारो रकम तिर्ने बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update