Sagun Khabar
थप ३ जना कोरोना मुक्त

बैतडी–बैतडीमा आज थप ३ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । आज संक्रमण मुक्त हुनेमा जिल्लाको दशरथचन्द नगरपालिकाका ३ ब्यक्ति रहेकाछन् ।

आज नयाँ संक्रमीत भने थपिएका छैनन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १७ जना रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना, पाटन नगरपालिका र मेलौली नगरपालिकामा २÷२ जना, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

Atrya hospital

तत्कालका लागि जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update