Sagun Khabar
आजदेखी कक्षा १२को परिक्षा सुरु

बैतडी–आजदेखी कक्षा १२को परिक्षा सुरु भएको छ । राष्ट्रिय परिक्षा बोर्डले तोकेको मिति अनुसार बैतडीका ६२ ओटै होम सेन्टरमा परिक्षा सुरु भएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताए ।

बैतडी जिल्लामा जम्मा ३ हजार ६ सय ५५जना परिक्षार्थी रहेका छन् । परिक्षा आज बिहान ११ बजेदेखी कोरोना सर्तकताका मापदण्ड अपनाएर सुरु गरिएको अवस्थीले बताए । 

Atrya hospital

परिक्षामा सहभागी भएका सबै परिक्षार्थी, केन्द्राध्यक्ष र सुरक्षाकर्मीहरुले कोरोना भाइरस बिरुद्धको खोप समेत पाइसकेकाछन् । खोप पाएको भएपनि उनिहरु सबैले मास्क र स्यानेटाइटरको प्रयोग गर्नुका साथै भौतिक दुरी कायम गरेको परिक्षा केन्द्रहरुले बताएकाछन् । 

गत बर्ष कोरोनाका कारण बिद्यालयको आन्तरिक मुल्यांकनबाट परिक्षा सम्पन्न गरिएकोमा यसबर्ष भौतिक उपस्थीतीमै परिक्षा भएको हो । आज परिक्षाको पहिलो दिन अंग्रेजी बिषयको परिक्षा सुरु भएको हो ।

यसका साथै बैतडीमा कोरोनाका संक्रिय संक्रमीत घटेसंगै बिद्यालय समेत नियमित रुपले सञ्चालनमा आइसकेकाछन् । 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १९:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update