Sagun Khabar
जीपले मोटरसाइकललाई टक्कर दिदाँ ३जना घाइते

बैतडी-बैतडीको पाटनमा जीपले मोटरसाइकललाई टक्कर दिदाँ ३जना घाइते भएकाछन् ।
पाटन बजार बाट खोड्पे तर्फ गइरहेको जिपले बिपरित दिशाबाट आउदैँ गरेको मोटरसाइकललाई ठक्कर दिदाँ घाइते भएका मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 


गम्भीर घाइते मोटरसाइकल चालक ३६बर्षका उद्धब जोसीलाई घनगढी रेफर गरिएको छ भने पछाडी बसेका ७३ बर्षीय अन्तराम पन्तको डडेल्धुरामा उपचार भैरहेको छ । दुवै जनालाई डडेल्धुरा पठाइएकोमा जोसीको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी पठाइएको हो ।  

Atrya hospital


जिपमा सवार ज्ञानेन्द्र भट्टराई सामान्य घाइते भएकाले उहाँको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले बताए । 


पाटन बाट खोड्पेका लागी छुटेको से १ ज ६३४ नम्बरको जिपले भे ७ प ४३४५नम्बरको मोटरसाइकल लाई पाटन नगरपालिका वडा न. ६ बेडौती मोडमा बिहान सवा ९बजे ठक्कर दिएको हो । 


जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update