Sagun Khabar
एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम जारी  

बैतडी -नेकपा एमाले बैतडीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जारी रहेको छ । गत १ महिना यता सुरु भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम अन्तीम चरणमा पुगेको पार्टिका जिल्ला कमिटि सचिवायल सदस्य सरस्वति नेपालिले बताइन् । 


हालसम्म जिल्लाको पाटन, पुर्चौडी र मेलौली नगरपालिकाका साथै सिगास, दोगडाकेदार र शिवनाथ गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको उनले बताइन् । यसैगरि दशरथचन्द नगरपालिकाका साथै सुर्नया र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम अन्तीम चरणमा पुगेकोमा डिलाशैनी गाउँपालिकामा केहि समयपछि कार्यक्रम हुने नेपालिले बताइन् ।

Atrya hospital


कार्तिक ६ गते हुने वडा कमिटिको अधिबेशन र ९ गते हुने पालिका कमिटिको अधिबेशनलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए । 


अहिले वडा स्तरीय कमिटिहरुलाई सक्रिय बनाउने, साविकको गाबिसका वडाहरुमा टोल कमिटि गठन गर्ने, जनबर्गिय संगठनका वडा स्तरीय कमिटिहरु गठन गर्नेे, सदस्यता नविकरण तथा अभिलेखीकरण गर्ने र नयाँ सदस्यता थप्ने लगायतका उदेश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । 


अहिले बैतडीमा ८ हजार संगठिन सदस्य रहेकोमा ७ हजार थप गरि १५ हजार पु¥याउने उदेश्य रहेको भण्डारीले बताए । 


वडा र पालिकामा रहेका अधिकांश सदस्यहरु निष्कृय अवस्थामा रहेकाले उनिहरुलाई सक्रिय गराई संगठन बिस्तार गरिरहेको पार्टिका जिल्ला कमिटि सदस्य तथा मेलौली नगरपालिका ५का वडाअध्यक्ष बलभद्र दयालले बताए । अहिले आफुहरु यसै अभियानमा गाउँगाउँमा पुगिरहेको उनले बताए । 


आगामी असोज १५देखी १७ गते सम्म नेकपा एमालेको बिधान अधिबेशन हुने छ भने, मंसिरमा महाधिबेशन हुने बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update