बैतडी –बैतडीको पाटन नगरपालिका ८ मा पुल भत्किँदा दुईजना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान विद्यालय जाने बेला पुलबाट खोला तर्दै गर्दा कल्भर्ट पुल भत्किएर उनीहरु घाइते भएका बताइएको छ ।
घाइते हुनेमा महेश्वर आधारभुत विद्यालयमा अध्ययनरत पाटन नगरपालिका ८ कुक्कौंका १३ वर्षीय असोक पन्त र ११ बर्षीय दिनेश ऐर रहेका छन् । अशोक कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुने भने दिनेश कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन् ।
पुल भत्किँदा उनीहरु दुवै जना घाइते भएका विद्यालयका प्रधानाध्यापक जयसिंह भाटले पुष्टि गरे । घाइते दिनेशको हातमा चोटलागेको छ भने अशोकको टाउकोमा चोट लागेको बताइएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८ १८:५३
प्रतिक्रिया दिनुहोस्