Sagun Khabar
बैतडीको मेलौलीका विद्यालय कर्मचारी र बालविकास सहजकर्ताले बुझाए ज्ञापन पत्र, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी 

बैतडी –बैतडीको मेलौली नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नेपाल सरकारले तोके बमोजीमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । 

आफूहरुका मागका बिषयमा नगरपालिकाले अहिले सम्म चासो नदिएकाले संघर्षका कार्यक्रम सहित ज्ञापन पत्र बुझाएको विद्यालय कर्मचारी र इसीडी शिक्षक संघर्ष समितिका अध्यक्ष रुबी नायकले जानकारी दिइन् । 

Atrya hospital

आफूहरुका माग पूरा नभएमा भदौ ३१ गते नगरपालिका घेराउगर्ने, असोज १ गते नगरपालिकामा तालाबन्दी गर्ने र असोज २ गते सबै वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको छ । माग पूरा नभएमा अनिश्चित रुपमा तालाबन्दी गर्ने आफूहरुको योजना रहेको नायकले बताइन् । 

संघीय सरकारले विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको कम्तीमा १५ हजार तलब पुर्याउने घोषणा गरेपनि बजेट नपठाउँदा स्थानीय सरकारहरु मारमा परेका छन् । संघीय सरकारले थप दुई हजार मात्रै पठाएको र अन्य बजेट स्थानीय तहबाटै व्यवस्थापन गर्न भनेपछि स्थानीय सरकारहरुले समस्या भएको बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update