बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडका एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढाँडका २० वर्षीया मञ्जु कार्कीको सोमबार दिउँसो हेलिकोप्टर मार्फत उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी लगिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
कार्कीले डिलाशैनी गाउँपालिका वडा नं ४ स्थित हाडाकोट स्वास्थ्यचौकीमा बच्चा जन्माएपनि साल अड्किएपछि उद्धार गरिएको भारतीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सुत्केरी महिलाको उद्धार गरिएको हो । राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत कार्कीको उद्धार गरिएको हो ।
हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार गरिएपछि उनको ज्यान जोगिएको छ । सडकमै ल्याउन ६÷७ घण्टा लाग्ने भएकाले ती सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।