Sagun Khabar
बैतडीमा संगठन विस्तार अभियानमा माओवादी केन्द्र 

बैतडी –नेकपा माओवादी केन्द्रले बैतडीमा संगठन विस्तार अभियान सञ्चालन गरेको छ । नेकपाबाट नेकपा माओवादी केन्द्र भईसकेपछि पहिलो पटक जिल्लाभरी पार्टीले संगठन विस्तार अभियान सञ्चालन गरेको हो ।

जिल्लाका १० ओटै स्थानीय तह र ८४ ओटै वडामा संगठन विस्तार, सदस्यता नवीकरण, कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन भईरहेको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य कमल बोहराले जानकारी दिए । पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन स्थानीयस्तरमा संगठन विस्तार अभियान सञ्चालन गरेको उनले बताए । उनले भने ‘अहिले हामीले जिल्लाभरी पार्टी संगठन विस्तार अभियान सञ्चालन गरेका छौं । पार्टीलाई बलियो बनाउन स्थानीयस्तरबाटै नयाँ कमिटिहरु चयन गरिरहेका छौं ।’

Atrya hospital

पार्टीका तल्ला कमिटिहरुलाई क्रियाशील बनाउन सबै वडामा अभियान सञ्चालन भईरहेको बोहराले जानकारी दिनुभयो । जिल्लाका शीर्ष नेताहरुको सहभागितामा वडाहरुमा संगठन विस्तार अभियान सञ्चालन भईरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

भदौ पहिलो सातादेखि सञ्चालन भएको संगठन विस्तार र सुदृढीकरण अभियान असोज २० गते सम्म जारी रहने माओवादी केन्द्र बैतडीले जनाएको छ । 

संगठन विस्तार अभियान अन्तर्गत नयाँ वडा कमिटिहरु गठन गर्नुका साथै जनवर्गीय संगठनहरुलाई पनि क्रियाशील बनाउने काम भईरहेको जिल्ला सचिवालय सदस्य बोहराले जानकारी दिए । आफ्नो पार्टी अहिले सरकारमा रहेकाले सरकारले गर्ने कामका बारेमा समेत गाउँगाउँमा जानकारी दिने गरिएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०८:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update