Sagun Khabar
बैतडी : कांग्रेसको पाटन नगर सभापतिमा ६ जना आकांक्षी 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा वडा अधिवेशन सकिएपछि अब नेताहरुको ध्यान पालिका अधिवेशन तर्फ मोडिएको छ । जिल्लाका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको कांग्रेसमा पालिकाहरुमा भने सहमति हुने सम्भावना कम देखिएको छ । 

धेरै जसो पालिकाहरुमा आकांक्षीहरुको संख्या बढी भएकाले सहमतिमै नेतृत्व चयन हुने सम्भावना कम भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका संशोधन गरेर पालिका अधिवेशन असोज ९ गते गर्ने भएको छ । 

Atrya hospital

जिल्लाको पाटन नगरपालिकामा कांग्रेसको नगरसभापतिका लागि ६ जना आकांक्षी देखिएका छन् । करनसिंह कठायत, जयसिंह बिष्ट, मानसिंह ऐर, रमेश महरा,उत्तरबहादुर चन्द र मदनमोहन बिष्टले सभापति पदका लागि आकांक्षा देखाएको नेपाली कांग्रेसका प्रदेश (क) क्षेत्रका क्षेत्रीय सचिव चक्रबहादुर चन्दले जानकारी दिए । 

सभापतिका लागि आकांक्षीहरुको संख्या बढी भएकाले सहमतिको प्रयास पनि भईरहेको उनले  जानकारी दिए । अब असोज ७ गते क्षेत्रीय प्रतिनिधिहरु सहितको बैठक बसेर सहमतिको प्रयास गरिने बताइएको छ । 

नगरसभापतिमा आकांक्षा देखाएका आकांक्षीहरुले भने आफूहरु नगरसभापतिका लागि योग्य भएको बताएका छन् । लामो समयदेखि कांग्रेसको क्रियाशील सदस्य रहेकाले कांग्रेसको संगठनलाई बलियो बनाउन आफूहरुको उम्मेद्वारी रहेको उनीहरुले बताएका छन् ।

लामो समयदेखि पार्टीमै क्रियाशील रहेको र नेतृत्व लिएर पार्टीलाई अगाडि बढ्ने आफ्नो योजना रहेको नगर सभापतिका आकांक्षी उत्तरबहादुर चन्दले बताए । उनले भने ‘म लामो समयदेखि पार्टीको राजनीतिमा छु । त्यसैले नगरसभापतिमा दाबी गरेको छु ।’

नेपाली कांग्रेसमा युवाहरुको खाँचो रहेकाले आफूले नगरसभापतिमा दाबी गरेको अर्का आकांक्षी मानसिंह ऐरले बताए । अहिले सभापतिका लागि आकांक्षी देखिएकाले कांग्रेसलाई बलियो बनाउन आफूहरुको उम्मेद्वारी भएको दाबी गरेको छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update