Sagun Khabar
ठेकेदारको लापरवाहीले बैतडीमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाई 

बैतडी –जिल्ला अस्पताल बैतडीमा ठेकेदारको लापरवाहीले अक्सिजन प्लान्ट स्थापनामा ढिलाई भएको छ । गत असारभित्रै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि हेल्थ केयर काठमाण्डौंसंग सम्झौता भएको थियो । 

सम्झौता भएको तीन महिना बितिसक्दा समेत अक्सिज प्लान्ट स्थापनाको काम शुरु हुन सकेको छैन । अक्सिजन प्लान्ट स्थापनाका लागि हेल्थ केयरलाई बारम्बार ताकेता गरिरहेको भएपनि अहिले सम्म प्लान्ट स्थापना नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने ‘हामीले शुरुमा असार मसान्तभित्र अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरेका थियौं । पछि साउन मसान्त सम्मको म्याद मागेको थियो । त्यो समयमा पनि नभएपछि अहिले भदौ मसान्त सम्म भनेको छ तर भदौमा पनि होला जस्तो छैन् ।’

Atrya hospital

१ करोड १८ लाखमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको डा. जोशीले बताए । हेल्थ केयरसंग यो बिषयमा बारम्बार कुरा गर्दा बाहिरबाट सामग्री नआएकाले ढिलो भएको जवाफ आउने गरेको डा. जोशीले बताए । उनले भने ‘असोजको पहिलो साता प्लान्ट स्थापना हुन्छ कि आसा गरौं । नभए अर्को विकल्पमा जानुपर्ला ।’

कोरोनाको दोश्रो लहर फैलिएपछि संघीय तथा प्रदेश सरकारले प्लान्ट स्थापनाका लागि रकम दिएको थियो । जिल्लामा अक्सिजन प्लान्ट नहुँदा सिलिण्डरबाटै अक्सिजन पूर्ती गर्नुपर्ने अवस्था रही आएको छ । प्लान्ट स्थापना भएमा आवश्यकता अनुसार अक्सिजन उत्पादन गर्न सकिने डा. जोशीले बताए । 

अहिले कोरोना महामारीसंग जुध्न अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी भएपनि यसले भोलीका दिनमा अन्य बिरामीहरुलाई पनि सहयोग पुग्ने डा. जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०७:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update