Sagun Khabar
बैतडीमा आइतबार दुईजना संक्रमणमुक्त, नयाँ संक्रमित शुन्य 

बैतडी –बैतडीमा आइतबार दुईजना संक्रमणमुक्त भएका छन् । दशरथचन्द नगरपालिकाका १ जना र मेलौली नगरपालिका एक जना संक्रमित संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा नयाँ संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए  । २१२ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको उनले बताए । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १७ जना रहेको छ ।

Atrya hospital

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिका र मेलौली नगरपालिकामा २÷२ जना रहेका छन् । यस्तै पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयको तथ्यांक छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् । 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update