Sagun Khabar
बैतडीका तीन स्थानीय तहमा आजदेखि विद्यालय खुले 

बैतडी –बैतडीका तीन स्थानीय तहमा आजदेखि विद्यालय सञ्चालनमा आएका छन् । कोरोना कहरका कारण लामो समयदेखि विद्यालय बन्द रहेका मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकामा आजदेखि विद्यालय सञ्चालनमा आएका सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । 

कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठनमा समस्या भएकाले भौतिक रुपमै विद्यालय सञ्चालनमा ल्याइएको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख हिमांशु भट्टले जानकारी दिए । कोरोना संक्रमणदर पनि कम भएकाले भौतिक रुपमै विद्यालय सञ्चालनमा सहज भएको उनले बताए । 

Atrya hospital

यस्तै मेलौली नगरपालिकाले पनि आजदेखि विद्यालय सञ्चालनमा ल्याएको छ । गौराको समयमा भीडभाड भएकाले बन्द गरिएका विद्यालय आजदेखि फेरी सञ्चालनमा आएका  नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । 

यस्तै डिलाशैनी गाउँपालिकाले पनि आजदेखि विद्यालय सञ्चालनमा ल्याएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा यसअघि नै विद्यालय सञ्चालनमा आईसकेका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि भदौ ३० गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । जिल्लाको सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाले विद्यालय सञ्चालनको तयारी भएको बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update