Sagun Khabar
वर्तमान सरकार अवसरवादीहरुको समुह हो, यसले जनहितका काम गर्दैन् : सांसद भण्डारी 

बैतडी -पुर्व अर्थ राज्यमन्त्रि एंव बैतडीबाट निर्वाचित संघिय सांसद दामोदर भण्डारीले प्रधानमन्त्री सेरबहादुर देउवा नेतृत्वको वर्तमान संघीय सरकार अवसरवादी हरुको सरकार भएको बताएकाछन् । 


शनिबार बैतडीको दोगडाकेदार गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेका भण्डारीले प्रचण्ड र माधव नेपालले कम्युनिष्ट पार्टिमै रहदाँ मन लागेका अवसर नपाउदाँ भागका लागी पार्टि फुटाएको आरोप लगाए । 
उनले भने ‘नेकपामा रहदाँ प्रचण्डलाई पहिलो वरियताको अध्यक्ष र माधवलाई केहि मन्त्रालयमा आफ्नो गुटका मान्छे मन्त्री हुनुपर्ने माग पुरा नभएपछि पार्टि फुटाउने खेल सुरु गरे । फलस्वरुप अहिले देउवाको नेतृत्वमा सरकार बनाए । तर यो सरकार बिदेशी शक्ति केन्द्रको आडमा केहि निश्चीत नेताको स्वार्थका लागी बनेको अपबित्र गठबन्धन हो । यो सरकारले जनहितका काम गर्न सक्दैन् ।’ 

Atrya hospital


अहिले सरकार जनहित विपरित काम गरिरहेको सांसद भण्डारीले बताए । केपि ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई संसोधन गरि जनहित बिरोधी काम गरेको उनको आरोप छ । उनले भने ‘वर्तमान सरकारले संसोधन गरेको बजेटमा हाम्रा धेरै महत्वपुर्ण आयोजनाहरु हटाइएका छन् । तर ति आयोजनाहरु हामी हटाउन दिने छनौँ ।’


सांसद भण्डारीले वर्तमान सरकाले भारत सामू घुडा टेकिसकेको आरोप लगाए । दार्चुलामा भएको तुइन घटनाका बेपत्ता जयसिंह धामीको बिषयमा सरकारले बोल्ने आटँ सम्म गर्न नसक्नु दुखःको बिषय भएको उनले बताए । अहिले केपि ओली प्रधानमन्त्री भएको भए जयसिंहको परिवारले न्याय पाउनुका साथै दोसीलाई कारवाही भइसक्ने थियो । उनले भने । 

कार्यक्रमका बिशिष्ट अतिथी रहेका प्रदेश सांसद लिलाधर भट्टले नेकपा एमालेको सरकार आएमात्रै देश बिकासको गतिमा अघि बढ्ने बताए । चुनाव नजिकिदैँ गएको भन्दै उनले एमाले फेरी बहुमतका साथ तिनै तहमा सरकार गठन गर्ने बताए । पार्टि फुटको असर एमालेलाई केहि नपरेको भन्दै उनले केहि अवसरवादीहरु बहिरिएको बताए । 


शनिबार नेकपा एमाले दोगडाकेदार गाउँपालिका स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । शनिबार भेला तथा उद्घाटन कार्यक्रम भएको छ भने, आइतबार प्रशिक्षण कार्यक्रम हुनेछ । 


पार्टिका गाउँपालिका कमिटि अध्यक्ष काशिसिंह बिष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य तथा संघिय सांसद दामोदर भण्डारी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा प्रदेश सांसद लिलाधर भट्ट, पार्टिका प्रदेश कमिटि सदस्य पुस्करराज जोसी(लख्खाभाई), मोहन थापा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  २०:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update