Sagun Khabar
बैतडीमा ७२ बर्षीय जोशी कांग्रेसको वडा सभापतिमा चयन
Atrya hospital

 बैतडी –बैतडीमा ७२ बर्षीय वृद्ध नेपाली कांग्रेसको वडा सभापति सर्वसम्मत चयन भएका छन् । यही भाद्र २१ गते सम्पन्न भएको वडा अधिवेशनबाट पाटन नगरपालिका वडा नं ७ मा ७२ बर्षीय लक्ष्मणसिंह जोशी सभापतिमा सर्वसम्मत चयन भएका हुन् । 

लामो समयदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका जोशीले कांग्रेस नेता कार्यकर्ताहरुले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए । युवा वर्गले समेत आफूलाई विश्वास गरेर सभापतिमा चयन गरेकाले कांग्रेसको संगठनलाई क्रियाशील बनाउन आफू लागि पर्ने जोशीले बताए । उनले भने ‘मेरो टीममा अरु साथीहरु युवा छन् । उनीहरुको भावना र विचारलाई कदर गर्दै अगाडि बढ्नेछु ।’

 बैतडीमा ८४ ओटै वडामा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update