Sagun Khabar
बैतडीमा शनिबार नयाँ संक्रमित शुन्य, २ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –बैतडीमा शनिबार दुईजना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या भने शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । १६ जनाको पीसीआर परीक्षण र ३२ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १९ रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा एक÷एक जना रहेका छन् ।

बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका छन् । तत्कालका लागि जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update