Sagun Khabar
बैतडीमा शिक्षक रानाको परिवारले अनसन तोड्यो 

बैतडी –जिल्ला समन्वय समिति बैतडीमा गत आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको छ । १४ महिनाको तलव नपाएपछि अनशन बसेका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् । 

उनी श्रीमती र चार छोराछोरीसहित अनशन बसेका थिए । दशरथचन्द नगरपालिका वडा नम्बर ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा कार्यरत रानाले जिल्ला शिक्षा समितिले तलव उपलब्ध गराउने भनेपछि अनशन तोडेको बताए । 

Atrya hospital

शिक्षक रानाको समस्या समाधानका लागि तत्काल रोकिएको तलब निकासा गर्ने र उनको समस्या समाधानका लागि पहल गर्ने सहमति भएको जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितका प्रमुख सिद्धराज भट्टले बताए । 

राना २०७२ सालमा आफ्नो गाउँ शिवनाथ–६ कानलीबाट विस्थापीत भएका ब्यक्ति हुन् । एक युवतीको अन्तरजातीय विवाह गराएको झुटो आरोप लागेपछि राना परिवार गाउँबाट विस्थापित भएको थियो । गाउँ छोडेको केहि दिनमै उनको घरसमेत जलाइएको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update