Sagun Khabar
किसानलाई बजारकै समस्या 
फोटो:किसानका समस्याका बारेमा सिप्रेडले आयोजना गरेको अन्तरक्रियाका सहभागी

बैतडी –व्यवसायिक तरकारी खेतीमा लागेका बैतडीका किसानहरुले बजारको समस्या भएको बताएका छन् । आफूहरुले बारीमा उत्पादन गरेको तरकारीले बजार पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् । किसानहरुले उत्पादन गरेको तरकारी बजारीकरणका लागि सरकारले समेत ध्यान नदिएको दशरथचन्द नगरपालिका १ का किसान कृष्णबहादुर बोहराले बताए । उनले भने ‘हामीले बारीमा उत्पादन गरेको तरकारीले उचित मूल्य पाउँदैन् । यसले गर्दा हामीलाई धेरै समस्या हुने गरेको छ ।’

सिप्रेडले शनिबार दशरथचन्द नगरपालिका १ मुस्याचोरमा आयोजना गरेको अन्तरक्रियामा सहभागी हुँदै किसानहरुले बारीमा उत्पादित तरकारीले बजार पाउन नसकेको बताएका छन् । ‘हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन् । बारीमा मिहनेत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्या हुने गरेको छ ।’किसान दिनेश भट्टले भने, ‘किसानहरुले पनि एकजुट भएर बजारीकरणका लागि पहल गर्नुपर्छ । तब मात्रै हाम्रा समस्या समाधान हुन्छन् ।’

Atrya hospital

किसानहरुले उत्पादन गरेको बन्दाले अहिले बजार नपाएको किसानहरुले गुनासो गरेका छन् । उत्पादित बन्दाले बजार नपाउँदा बारीमै सड्न थालेको किसानहरुको भनाई छ । उत्पादन गरेको बन्दाले बजार नपाउँदा किसानहरुलाई निकै समस्या भएको सतबाँझकी किसान पार्वती भट्टले बताइन् । उनले भनिन् ‘अन्य खेती छोडेर बारीमा बन्दा लगाएका छौं । तर बन्दाले बजार नपाउँदा हामीलाई धेरै समस्या भएको छ ।’

किसानहरुका समस्या समाधानका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा किसानहरु सहमत समेत भएका छन् । एक ठाउँका किसानहरु समूहगत एकजुट भएर कार्ययोजना बनाएर अघि बढ्न सके बजारको समस्या समाधान हुने किसान विष्णुदत्त भट्टले बताए । उनले भने ‘तरकारी संकलन केन्द्र बनाएर किसानहरुको उत्पादन संकलन गर्न सकेमा बजारको समस्या हट्न सक्छ । यसका लागि स्थानीय सरकारहरुले पनि सहयोग गर्नुपर्दछ ।’

बैतडीमा पछिल्लो समयमा किसानहरु तरकारी खेतीमा लागेका भएपनि उचित बजार नपाउँदा निराश बन्न थालेका छन् । बैतडीमा ४ सय बढी हेक्टर जमीनमा तरकारी खेती गरिँदै आएको तथ्यांक छ ।  
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update