Sagun Khabar
सुदूरपश्चिमका ५ सय ३५ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिमका कैलाली र बाजुरा बाहेकका ५सय ३५ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । 

नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादकाबीच शुक्रबार वडा अधिवेशन सम्पन्न भएको छ । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ । बाँकी ४ वडामा आज अधिवेशन हुने बताइएको छ ।

Atrya hospital

डडेल्धुरामा जिल्ला सभापति कर्ण मल्लको समूहले बहिष्कार गरे पनि अधिवेशन गरिएको हो । यस्तै कञ्चनपुरका ९२, अछामका ९१, बैतडीका ८४, दार्चुलाका ६१, डोटीका ६५ र  बझाङका ९४ वडामा अधिवेशन सकिएको कांग्रेसले जनाएको छ । कैलाली र बाजुरामा भने अधिवेशन अनिश्चित बनेको छ । 

कैलालीमा निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा विवाद रहेको जिल्ला उपसभापति प्रकाश बमले बताए । बाजुरामा पनि केन्द्रबाट क्रियाशिल सदस्य थपेको भन्दै विवाद रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update