Sagun Khabar
बैतडीमा कक्षा १२ का परीक्षार्थीलाई कोरोना विरुद्धको खोप 

बैतडी –बैतडीमा पनि कक्षा १२ का परीक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने कार्य शुरु भएको छ । सरकारको निर्णय अनुसार कक्षा १२ को परीक्षा दिने तयारी गरिरहेका परीक्षार्थीहरुलाई खोप दिने कार्य शुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले जानकारी दिए । 

शुक्रबारदेखि शुरु भएको खोप अभियान आइतबार सम्म जारी रहने उनले बताए । स्थानीय तहहरुले आफ्नो समय अनुकुल मिलाएर परीक्षार्थीहरुलाई खोप दिने कार्य गरिरहेका भट्टले जानकारी दिए । 

Atrya hospital

कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो । एस्ट्राजेनेका खोपको दोश्रो मात्रा, पहिलो मात्रा लगाएको दुई देखि तीन महिनाभित्र लगाउनुपर्ने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।

बैतडीमा करीब ३ हजार ६ सय विद्यार्थीहरुलाई खोप लगाउने कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update