Sagun Khabar
बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का महसुस
Atrya hospital

 बैतडी –बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा शनिबार बिहान भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर १३ मिनेटमा बैतडी, दार्चुला र डडेल्धुरामा भुकम्पको धक्का महसुस गरिएको हो । 

भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपासमा केन्द्र बिन्दु बनाएर ५ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रका सुर्खेतका प्रमुख तीर्थराज दाहालले बताए । 

सोही भुकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि महसुस गरिएको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update