Sagun Khabar
मार्क वाटको शतकमा कर्णालीको जीत, लुम्बिनी ९ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो ।

कर्णालीका मार्क वाटले शतक बनाए । उनले ४४ बलमा अविजित १ सय १४ रन बनाए । यस्तै विलियम बोसिस्टोले अविजित २९ रन बनाए । लुम्बिनीका शेर मल्लले १ विकेट लिए । 

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले लुम्बिनीले ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए । कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, मार्क वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए । 

कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update