Sagun Khabar
बैतडीमा कोरोना संक्रमणदर घट्यो,रित्तिए आइसोलेसन 
फाइल फोटो

बैतडी –बैतडीमा कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि आइसोलेसन कक्षहरु रित्तिएका छन् । जिल्ला अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसन कक्ष रित्तिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

पछिल्लो समयमा कोरोना संक्रमितको संख्या कम भएकाले आइसोलेसनमा बस्नेको संख्या पनि कम भएको हो । कोरोना संक्रमणदर कम भएपनि जोखिम भने कायमै रहेको उनले बताए । कोरोनाको जोखिम कायमै रहेकाले आइसोलेसन बेड भने तयारी अवस्थामै रहेका भट्टले जानकारी दिए । 

Atrya hospital

जिल्लाभरी २४१ ओटा आइसोलेसन बेड भएपनि अहिले भने एकजना मात्रै आइसोलेसनसमा बसीरहेका छन् । जिल्ला अस्पतालको आइसोलेसन बेडमा एकजना रहेका स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।

जिल्ला अस्पतालमा ५० बेड, पाटन नगरपालिकामा २४ बेड, मेलौली नगरपालिकामा ६ बेड, दोगडाकेदार गाउँपालिका २४ बेड र सुर्नया गाउँपालिकामा ५२ बेडका आइसोलेसन कक्ष रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा १० बेड, सिगास गाउँपालिकामा २० बेड, पुर्चौैंडी नगरपालिकामा ४० बेड, पञ्चेश्वर गाउँपालिकामा ५ बेड र शिवनाथ गाउँपालिकामा १० बेडको आइसोलेसन कक्ष रहेका छन् । 

कोरोना महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन कक्ष भने तयारी अवस्था राख्न आग्रह गरिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । उनले भने ‘अहिले संक्रमणदर घटेको छ । तर जोखिम कम भएको छैन् । त्यसैले आवश्यक सर्तकता अपनाउनुपर्ने हुन्छ ।’

पछिल्लो समयमा बैतडीमा संक्रमणदर निकै कम भईसकेको छ । अहिले जिल्लामा २१ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update