Sagun Khabar
बैतडीमा एमसीसीको विरोधमा प्रदर्शन 
Atrya hospital

बैतडी –अमेरीकी सहायता परियोजना (एमसीसी)को विरोधमा बैतडीमा युवाहरुले प्रदर्शन गरेका छन् । दशरथचन्द नगरपालिका १ गुरुखोलाका युवाहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् । 

युवाहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइदैन, राष्ट्रघाती सम्झौता खारेज गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । एमसीसी देशको हितमा नभएकाले आफूहरुले प्रदर्शन गरेको स्थानीय युवा प्रबिन टेरले बताए । 

एमसीसीको विरोधमा देशैभरी विरोध भईरहेकाले सचेत युवाहरुले शुक्रबार प्रदर्शन गरेको अर्का युवा अमर टेरले बताए । एमसीसी नेपालको पक्षमा नभएको उनले जिकिर गरे । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update