Sagun Khabar
बैतडीमा शुक्रबार थप तीनजनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा शुक्रबार थप ३ जना कोरोना पुष्टि भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो । यस्तै आज दुईजना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २१ रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, मेलौली नगरपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

Atrya hospital

यस्तै बैतडीमा जिल्ला बाहिरका १ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । तत्कालका लागि जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।

शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update