Sagun Khabar
कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

बैतडी – ललितपुरको पाटनमा जारी ऐतिहासिक कार्तिक नाच अन्तर्गत ८ औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा जारी नाच अन्तर्गत सोमबार राति नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो ।

जस अन्तर्गत भगवान विष्णुले आफ्नो नृसिंह अवतारमा राक्षस राजा हिरण्यकश्यपुलाई पराजित गरेको देखाइएको थियो । वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ ।

नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ। मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update